०३ साउन २०८३, आइतबार

नेपाली ‘टिकटक स्टार’ प्रतिस्पर्धा गराइँदै, विजेतालाई कार

कात्तिक ४, २०७७
नेपाली ‘टिकटक स्टार’ प्रतिस्पर्धा गराइँदै, विजेतालाई कार

पछिल्लो समय सामाजिक सञ्जाल ‘टिकटक’ लोकप्रिय बन्दै गइरहेका बेला नेपाली प्रतिभा छान्न प्रतिस्पर्धा गराइने भएको छ ।

टिकटकको लोकप्रियतालाई ध्यान दिँदै एचपी इन्टरटेन्मेन्टको आयोजनामा ‘टिकटक स्टार’ अनलाइन प्रतिस्पर्धा आयोजना हुने भएको छ ।

घरमा नै बसीबसी देशको विभिन्न स्थानमा रहेका नवप्रतिभालाई अनलाइनबाट प्रतिस्पर्धा गराई विजेतालाई चलचित्रमा काम गर्ने अवसरसहित कार्यक्रम गर्न लागिएको आयोजक संस्थाले बताएको छ ।

प्रतिभा भएका तर अवसरबाट वञ्चित प्रतिभाका लागि आफ्नो क्षमता प्रदर्शन गर्ने स्थान ‘टिकटक स्टार’ बन्ने आयोजक संस्थाका प्रमुख प्रकाश पाठकले बताए । उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) ले विश्वभर पुर्‍याएको क्षति र लामो समयसम्मको बन्दाबन्दीपछि पनि जनजीवन कहिले सामान्य रूपमा आउँछ भन्ने कुनै अनुमान लगाउन सकिने वातावरण नरहेको र नेपाली चलचित्र क्षेत्रका कामहरू पनि तत्काल शुरू गर्न सक्ने अवस्था नरहेकाले असामान्य अवस्थाको समयलाई मध्यनजर गर्दै अनलाइनको माध्यमबाट कार्यक्रम आयोजना गरिएको हो ।

अनलाइनबाट नै प्रतियोगितामा भाग लिन सकिने र विजेताले चलचित्रका काम गर्ने अवसरका साथै कार, स्कुटर लगायतका अन्य थुप्रै आर्कषक उपहार प्राप्त गर्ने आयोजकले जनाएको छ । कार्यक्रममा भाग लिन चाहने सहभागीले एचपी इन्टरटेन्मेन्टको अनलाइन पोर्टल www.ppfilmy.com मा गएर दिएको निर्देशन अनुसार फर्म भरेर भिडियो पठाउनुपर्नेछ ।

केही समयअघि संस्थाले नेपाली चलचित्र क्षेत्रमा केही नयाँ गर्न र नयाँ प्रतिभालाई फिल्म क्षेत्रमा आउन मौका दिनका लागि ‘स्क्रिप्ट राइटिङ कम्पिटिसन’ सम्पन्न गराएको थियो । ह्याप्पी पाठक इन्टरटेन्टमेन्टले निर्माण गरेको चलचित्र ‘नेपाल आमा’को छायांकन सकाएको छ भने चलचित्रको हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्