०७ असार २०८३, आइतबार

धरानमा फेरि गयो कोरोना संक्रमितको ज्यान

कात्तिक ४, २०७७
धरानमा फेरि गयो कोरोना संक्रमितको ज्यान

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज साँझ थप एक सङ्क्रमितको मृत्यु भएको छ । धरान उपमहानगरपालिका वडा नं १६ का ९० वर्षीय पुरुषको प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उनलाई गत असोज ३० गते कोरोना पोजेटिभ भएको थियो । उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत रहेका उनलाई यही कात्तिक १ गते अस्पताल भर्ना गरिएको थियो ।
यसअघि आजै बिहान इटहरीका एक सङ्क्रमित पुरुषको उपचारकै क्रममा मृत्यु भएको थियो । यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको छ ।

कमेन्ट गर्नुहोस्