
एलिना चौहान र अन्जान सूर्यको स्वरमा रहेको गीत ‘नजाऊ नभन ...’ सार्वजनिक भएको छ ।
डीआर सुजनको शब्द, लालकुमार बरालको संगीत र विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
पछिल्लो समयका ब्यस्त निर्देशक देवेन्द्र पाण्डेको निर्देशन रहेको गीतको भिडियोमा एलिना चौहान र डीआर सुजनको अभिनय रहेको छ । निसल पौडेलेको छायांकन रहेको भिडियोलाई विकाश दाहालको सम्पादन छ ।
गीतमा गरीबीको गन्तव्य परदेश मात्र हैन, आफ्नै देशमा पनि धेरै विकल्प छन् भन्ने भाव दर्शाइएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।
‘हामी सबैको मिहेनतबाट एउटा उत्कृष्ट गीतको भिडियो स्रोता र दर्शकमाझ पस्किएका छौं, सबैको माया पाउनेमा आशावादी छौं,’ निर्देशक देवेन्द्रले भने । गीत तथा भिडियोलाई सम्पूर्ण सञ्चारले बजारमा ल्याएको हो । लालकुमार बरालको आफ्नै युटुब च्यानलमार्फत गीत सार्वजनिक गरिएको छ ।