०४ असार २०८३, बिहीबार

गायिका एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’ सार्वजनिक

कात्तिक ५, २०७७
गायिका एलिना चौहान र अस्मिता जुरेलीको ‘दशैं तिहार आयो’ सार्वजनिक

गत शनिवारबाट दशैं शुरू भएसँगै दशैंका गीत आउने क्रम बढ्दो छ ।

यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा रहेको गीत ‘दशैं तिहार आयो’ सार्वजनिक भएको छ ।

गीतमा डीपी खनालको शब्द तथा शिव विकको संगीत छ । गीतमा सन्जीब बराइलीको एरेन्ज छ ।

शिव विककै निर्देशन रहेको भिडियोमा एलिना र अस्मितासँगै नीर शाह, सुभेक्षा थापा, समिर खान, शिव विक, जोन बी बाम, कविता गौतम, वर्षा श्री कोइराला, उषिका विक, कशिष रेग्मी, सीमीए सुनुवार फिचर्ड छन् ।

भिडियोमा सौरभ लामाको छायांकन, मिलन विश्वकर्माको सम्पादन र रंग तथा शिवकै कोरियोग्राफी छ । भिडियो बुढासुब्बा डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । 
 

salt training

कमेन्ट गर्नुहोस्