१० असार २०८३, बुधबार

मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि आफन्तले गरे कुशको शव बनाएर दाहसंस्कार

कात्तिक ५, २०७७
मृत्युपछि कोरोना संक्रमण पुष्टि भएपछि आफन्तले गरे कुशको शव बनाएर दाहसंस्कार

मृत्युपश्चात् कोरोना सङ्क्रमण पुष्टि भएका व्यास नगरपालिका–३ का ६५ वर्षीय एक व्यक्तिको कुशको शव बनाएर आज परिवारले दाहसंस्कार गरेका छन् ।

गत असोज २८ गते पोखरास्थित गण्डकी मेडिकल कलेजमा मृत्यु भएका ती व्यक्तिको कुशको शव बनाएर परिवारले दमौलीस्थित मादीसेती घाटमा दाहसंस्कार गरेका हुन् ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको शव नेपाली सेनाले व्यवस्थापन गर्ने भएकाले परिवारले आठ दिनपछि कुशको शव बनाएर दाहसंस्कार गरेको हो ।

टाउकोको शल्यक्रियाका लागि अस्पताल पुगेका उनको उपचारका क्रममा मृत्यु भएको थियो ।

मृत्युपश्चात् पीसीआर परीक्षण गर्दा उनमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्