१२ साउन २०८३, मंगलबार

दशैंमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत थप पाइने

कात्तिक ५, २०७७
दशैंमा एनआईसी एशिया बैंकको मोबाइल बैंकिङबाट दक्षिणा दिँदा १० प्रतिशत थप पाइने

एनआईसी एशिया बैंकले कोरोना महामारीको समयमा नगद कारोबारले हुन सक्ने संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आफ्ना ग्राहकलाई डिजिटल रकम स्थानान्तरणमा प्रोत्साहनस्वरूप ‘डिजिटल दक्षिणा योजना’ ल्याएको छ ।
‘सोच बदलौं’ भन्ने नारालाई आत्मसात गर्दै आइरहेको सो बैंकले दशैंमा ग्राहकले आफ्ना आफन्तजनलाई दिने दक्षिणा एनआईसीको मोबाइल बैंकिङ्गमार्फत प्रदान गरेमा दक्षिणा रकमको थप १० प्रतिशत वा अधिकतम रू. १०० सम्म बैंकले आफ्नो तर्फबाट थप गरिदिने घोषणा गरेको छ ।
यो योजना बैंकमा आबद्ध ग्राहकलाई विजया दशमी टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म लागू गरिएको छ भने यस योजना अवधिभर बैंकको तर्फबाट एक जनाले अधिकतम रू. ५०० सम्म दक्षिणा प्राप्त गर्न सक्नेछन् ।  उक्त १० प्रतिशत रकम बैंकले योजना सम्पन्न भएको ७ दिनभित्र दक्षिणा प्राप्त गर्ने ग्राहकको बैंक खातामा जम्मा गर्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्