०५ साउन २०८३, मंगलबार

ट्रम्पका बारेमा ओबामाको टिप्पणी– दिनदिनै झूटो बोल्ने बौलाहा काकाले पनि उनको कुरा सहन सक्दैनन्

कात्तिक ६, २०७७
ट्रम्पका बारेमा ओबामाको टिप्पणी– दिनदिनै झूटो बोल्ने बौलाहा काकाले पनि उनको कुरा सहन सक्दैनन्

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले बुधवार चुनावी भेलालाई सम्बोधन गर्दै बहालवाला राष्ट्रपति डोनल्ड ट्रम्पको कठोर आलोचना गरेका छन् । 

‘मैले पुनः निर्वाचन लड्दा मसँग गोप्य चिनियाँ बैंक खाता भएको भएको भए के हुन्थ्यो होला ? उनीहरूले मलाई बेइजिङ ब्यारी भन्थे होलान्,’ उनले फिलाडेल्फियामा भने ।

जो बाइडनका लागि चुनाव प्रचार गरिरहेका ओबामाले ‘ट्विटरमा ट्रम्पले राख्ने गरेका षड्यन्त्र सिद्धान्तहरू दिनदिनै झूटो बोल्ने बौलाहा काकाले पनि सहन नसक्ने किसिमका छन्’ भने । 

उनले पेन्सिल्भेनिया जस्तो महत्त्वपूर्ण स्विङ स्टेटका मतदातालाई मत दिन आग्रह गरे । 

‘जो र कमलाले शासन चलाउन पाए भने दिनको एउटा बौलाहा कुरा तपाईंहरूले सुन्नुपर्ने छैन । अनि त्यसको महत्त्व निकै छ,’ उनले भने । 
 

बाइडन र ह्यारिसले जितेमा जसलाई पनि अपमान गर्दै हिँड्ने र जेलको धम्की दिने राष्ट्रपतिबाट छुटकारा पाउने ओबामाले बताए । 

राष्ट्रपतिले गर्ने किसिमको व्यवहार त्यो हैन,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्