०५ असार २०८३, शुक्रबार

सांसद आमाले संसद चलिरहेका बेला स्तनपान गराउँदा बन्यो रेकर्ड

कात्तिक २०, २०७४
सांसद आमाले संसद चलिरहेका बेला स्तनपान गराउँदा बन्यो रेकर्ड
एजेन्सी– दुई महिनाकी नाबालिकाले अस्ट्रेलियामा इतिहास रचेकी छन् । आलिया जोए नाम गरेकी ति बालिका संसद चलिरहेका बेला स्तनपान गर्ने पहिलो बालिका बनेकी हुन् ।Australia

हालैमात्र क्विन्सल्यान्ड सिनेटर लारिसा वाटर्सले यी बच्चीलाई जन्म दिएकी थिइन् । वाटर्स अस्ट्रेलियाको ग्रिन पार्टीकी सहउपाध्यक्ष हुन् । मंगलबार उनी संसदमा सुत्केरी विदापछि उपस्थित भएकी थिइन् । संसदमा कारबाहीका क्रममा आलिया भोकाएपछि वाटर्सले उनलाई स्तनपान गराएकी थिइन् ।

यसलाई लिएर वाटर्सले ट्विट गरेकी छन्, ‘मलाई यस कुराको गर्व छ कि मेरी छोरी आलिया संघीय संसदमा स्तनपान गर्ने पहिलो बच्ची बनेकी छन् । हाम्रो संसदमा अरु महिलाको आवश्यकता छ ।’ अस्ट्रेलिया संसदले गत वर्ष महिला सांसदलाई चेम्बरमा नै स्तनपान गराउने अनुमति दिएको थियो ।

यसअघि चेम्बरमा बच्चा लिएर जान रोक थियो । यो नियमलाई बदल्नका लागि वाटर्सले समेत महत्वपूर्ण भूमिका खेलेकी थिइन्, राजधानी दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्