विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या ४ करोड १७ लाख ३४ हजारको हाराहारीमा पुगेको छ । यस्तै मृतकको संख्या ११ लाख ३९ हजार ६४७ पुगेको छ ।
बिहीबार रातिसम्म कोरोना निको हुनेको संख्या पनि ३ करोड १० लाख ५९ हजारको हाराहारीमा रहेको वर्ल्डोमिटर्सको तथ्यांकले जनाएको छ ।
यसैबीच हाल विश्वभर सक्रिय संक्रमित ९५ लाख ३५ हजारको हाराहारीमा रहेका छन् ।