०४ असार २०८३, बिहीबार

जीवनको 'चुपचाप बदलियो' सार्वजनिक ( भिडियो )

कात्तिक ७, २०७७
जीवनको 'चुपचाप बदलियो' सार्वजनिक ( भिडियो )

'चुपचाप बदलियो' बोलको म्युजिक भिडियो  सार्वजनिक 

NEWS:  दशैँको कोशेली स्वरूप गायक नितिन गजुरेलले आफ्नो  नयाँ गजल गीत 'चुपचाप बदलियो'को म्युजिक भिडियो  सार्वजनिक गरेका छन्।  

प्रेमिल शैलीको यस गजल गीतमा स्वर , शब्द र संगीत स्वयम् गायक नितिन गजुरेलको रहेको छ।  यस गीतलाई भुपेन्द्र रायमाझीले संगीत संयोजन गरेका हुन्।

सन् ८० को दशकको झझल्को म्युजिक भिडियोमा कलाकार श्रृष्टी खड्का र जीवन भट्टराई फिचर्ड छन्।  काठमाण्डौको राम मन्दिरमा छायांकन भएको भिडियोलाई उत्सव दहालले खिचेका हुन् भने बिष्णु खड्काले सम्पादन गरेका हुन्।  जया शर्माको कन्सेप्ट रहेको भिडियोलाई चर्चित भिडियो निर्देशक सुब्रत राज आचार्यको  निर्देशन तयार पारिएको हो।  

मोफसलमा रहेर  नेपाली र  मैथली गीत संगीत मार्फत आफ्नो संगीत यात्रा अघि बढाइरहेका गायक गजुरेलका यसअघि 'अनुपम रंग', 'दिलके डायरी' , 'आँखाले हेर्यौ', 'झुक्याएरै किन होला', 'आकाशका तारा' लगायत दर्जनौ गीतहरु  सार्वजनिक गरिसकेका छन्।

ओस आर  डिजिटल मार्फत सार्वजनिक यस भिडियोलाई माया गरिदिन गायक गजुरेलले सम्पूर्ण दर्शक , स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।
 

salt training

कमेन्ट गर्नुहोस्