१२ असार २०८३, शुक्रबार

भारतमा पर्खाल लड्दा २२ जनाको मृत्यु

कात्तिक २०, २०७४
भारतमा पर्खाल लड्दा २२ जनाको मृत्यु

काठमाडौं, २८ वैशाख — भारतको राजस्थानमा विवाह समारोह चलिरहेको बेलामा एउटा पर्खाल लडेपछि त्यसमा किचिएर कम्तीमा २२ जनाको मृत्यु भएको छ ।


पाहुनाहरू भारी वर्षा भएपछि एउटा टिनको झुप्रोमा ओत लागिरहेको बेलामा पर्खाल लडेको थियो ।

घटनामा अन्य २६ जना घाइते भएका छन् । तीमध्ये १५ जना गम्भीर घाइते छन् ।

स्थानीय सञ्चारमाध्यममा उल्लेख भएअनुसार विवाहमा पर्खालसँगै खानेकुराको स्टल राखेको थियो ।

‘पर्खाल तथा त्यससँगै टाँसिएको टिनको झुप्रो तुफानका कारण लडेको थियो,’ प्रहरी अधिकारी अनिल टंकले भने ।

पर्खाल १२ फीट अग्लो र लगभग ९० फीट लामो थियो । त्यो लड्दा धेरै पाहुना च्यापिएका थिए ।

‘घाइतेहरूलाई नजिकैका अस्पतालमा लगिएको र उपचार गराइएको छ,’ टंकले थपे ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्