११ असार २०८३, बिहीबार

सम्पन्न भयो भक्तपुरको खःमेय् जात्रा

कात्तिक ९, २०७७
सम्पन्न भयो भक्तपुरको खःमेय् जात्रा
तस्वीर : सामाजिक सञ्जाल

बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा सांस्कृतिक खःमेय् (राँगो) जात्रा आज  बिहानै सम्पन्न गरेको छ ।

कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो ।

धार्मिक, सांस्कृतिक, र ऐतिहासिकरूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ ।

महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा महिषासुरको वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप आज खःमेय् जात्रा मनाउने गरिएको इतिहास तथा संस्कृतिविद् प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।
      
नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी  नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्राह्मायणी पीठसम्म पुर्‍याइन्छ। 

salt training

कमेन्ट गर्नुहोस्