०४ असार २०८३, बिहीबार

दशैंका बेला टाउकोमा बञ्चरो प्रहार गरी आमाको हत्या !

कात्तिक ९, २०७७
दशैंका बेला टाउकोमा बञ्चरो प्रहार गरी आमाको हत्या !
सांकेतिक तस्वीर

घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् ।  

साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ  ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो ।

अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उनले बताए । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्