१६ असार २०८३, मंगलबार

अनिद्रा र थकान भगाउने भनी प्रचार गरिने तेल घातक भएको पाइयो

कात्तिक २०, २०७४
अनिद्रा र थकान भगाउने भनी प्रचार गरिने तेल घातक भएको पाइयो

काठमाडौं, २८ वैशाख — भारतको बनारस हिन्दू विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (आईएमएस) ले केन्द्रीय सरकारलाई पठाएको एक रिपोर्टमा अचम्मको कुरा भेटिएको छ । रिपोर्टका अनुसार टाउको दुखेको, थकान र अनिद्रा भगाउने भन्दै बजारमा बिकिरहेका ठण्डा तेलहरू घातक भएको लेखिएको छ ।


आयुर्वेदिक औषधिका नाममा तेलमा कपूर बेस्सरी हालिएकाले आँखाको शक्ति घट्ने, दिमाग फुल्ने र अनेकथरीका रोग लाग्ने देखिएको छ । यति मात्र नभई महिलाहरूका लागि यो लागूपदार्थ र रक्सी जस्तै गरी एडिक्सनको वस्तु बन्दैछ ।

आईएमएसको न्युरोलोजी विभागका प्रोफेसर विजयनाथ मिश्र र उनको टोली कपूर मिसिएको ठण्डा तेल प्रयोग गर्नेहरूमाथि यसको कस्तो प्रभाव पर्छ भनी अध्ययन गरिरहेका छन् । सर सुन्दरलाल हस्पिटलको न्युरोलोजी ओपीडीमा दुई वर्ष लगाएर ५०० रोगीमाथि गरिएको अध्ययनबाट यो निष्कर्ष निस्केको हो ।

ठण्डा तेलमा कपूरको मात्रा निर्धारण गर्नका लागि निर्देशन दिन डिपार्टमेन्ट अफ साइन्स एन्ड टेक्नोलोजीलाई रिपोर्ट पठाएको हो ।

प्राध्यापक मिश्रका अनुसार ठण्डा तेलको लगातार प्रयोगले दिमागका नसा कमजोर वा शिथिल हुने अध्ययनबाट प्रस्ट हुन्छ । दिमागमा सिधै असर पर्ने भएकाले हाइपरटेन्सन, आँखाको उज्यालो कम हुने र पछि गएर स्ट्रोकको खतरा हुन्छ । यसले त मृत्यु नै पनि गराउन सक्छ ।

रोगीहरूलाई ठण्डा तेल लगाउनबाट रोक लगाउने सल्लाह दिइएपछि उनीहरू औषधिविना नै बिस्तारै ठीक हुँदै गएका थिए ।

नवभारत टाइम्सबाट

salt training

कमेन्ट गर्नुहोस्