०२ साउन २०८३, शनिबार

चुनावको राति आफ्नै होटलमा पार्टी गर्ने ट्रम्पको योजना

कात्तिक ११, २०७७
चुनावको राति आफ्नै होटलमा पार्टी गर्ने ट्रम्पको योजना

अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले वाशिङटन डीसीमा रहेको आफ्नै होटलमा चुनावको राति पार्टी गर्ने योजना बनाएका छन् । 

विगत केही दिनदेखि ट्रम्पको चुनाव अभियानले उनको नाममा इमेल पठाउँदै चन्दादाताहरूलाई चुनावको राति पार्टीमा आउनका लागि भनिरहेको छ । 

चुनाव परिणामको प्रतीक्षा उनले आफ्नो विलासी होटलमा बसेर गर्ने संकेत यसबाट पाइएको छ । उनका छोरा ट्रम्प जुनियरले पनि चन्दादाताहरूका लागि पार्टी दिने योजना बनाइरहेका छन् । 

चुनावका लागि चन्दा उठाउने क्रममा ट्रम्पले भने, ‘नोभेम्बर ३ को राति ऐतिहासिक हुनेछ किनकि हामीले थप चार वर्षका लागि जित्नेछौं । यो निकै भव्य हुनेछ र तपाईं त्यहाँ हुनुभयो भने झनै राम्रो हुन्छ ।’

रियालिटी टीभीका स्टार तथा न्युयोर्कका घरजग्गा व्यवसायीको पहिचानलाई भजाएर देशको राष्ट्रपति बनेका ट्रम्पले चुनावको राति आफ्नै होटलमा पार्टी गर्नु आफैंमा प्रतीकात्मक छ । 

ट्रम्पको वाशिङटन होटल ह्वाइट हाउसभन्दा केही ब्लक मात्र पर छ । निर्वाचनको दिनका लागि उक्त होटल हप्तौंअघि नै बूकिङ भइसकेको छ । सामान्य कोठामा बस्न पनि एक रातको १२ सय डलर तिर्नुपर्ने हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्