१२ असार २०८३, शुक्रबार

डायनोसरसम्बन्धी रोचक तथ्य थाहा पाइराख्नुस्

कात्तिक २०, २०७४
डायनोसरसम्बन्धी रोचक तथ्य थाहा पाइराख्नुस्

हलिउड फिल्म जुरासिक पार्कका कारण हामीले डायनोसरका बारेमा थोरबहुत जानकारी पाएका छौं । विशालकाय जीव डायनासोर लोप भएको पनि करोडौं वर्ष बितिसके । केही अनुसन्धानकर्ताहरू चाहिँ डायनोसर अझै पनि जिउँदा छन् भन्छन् तर यसको कुनै पनि प्रमाण भेटिँदेन । जानौं न त यी डायनासोरहरूका बारेमा ।


डायनासोर १५ करोड वर्षअघि धर्तीमा पाइन्थे ।

उनीहरूको जीवनकाल २०० वर्ष भएको विश्वास गरिन्छ तर यससम्बन्धी कुनै प्रमाण भेटिँदैन ।

वैज्ञानिकहरूका अनुसार केही डायनासोर शाकाहारी अनि केही चाहिँ मांसाहारी थिए । यसअतिरिक्त कुनै चाहिँ दुई खुट्टाले हिँड्थे भने केही चाहिँ चार खुट्टाले । केही चाहिँ शरीरको आवश्यकता अनुसार दुई र चार खुट्टा चलाउँथे ।

डायनासोरको पुच्छरले उसलाई दौडिने बेलामा शरीरको सन्तुलन मिलाउन सजिलो पार्थ्यो । कुनै डायनासोरको पुच्छर त करीब ४५ फीट लामो हुन्थ्यो ।

हुन त अधिकांश डायनासोर अत्यन्तै विशालकाय हुन्थे तर कुनै प्रजातिको आकार मानिसको जत्रो हुन्थ्यो ।

चराले गुँडमा अण्डा पारे झैं डायनासोर पनि अण्डा पार्थे ।

डायनासोर पृथ्वीबाट कसरी हराए भन्ने विषयमा ठोस प्रमाण पाइँदैन तर वैज्ञानिकहरूा अनुसार करीब साढे ६ करोड वर्षपूर्व अहिलेको मेक्सिकोमा एक खगोलीय पिण्ड ठोकिएकाले डायनोसर सकिए ।

डायनोसरको जीवाश्म (फोसिल) पहिलोचोटि १९औं शताब्दीमा भेटिएको थियो । त्यसपछि डायनासोरको कंकाल संसारभरि संग्रहालयको प्रमुख आकर्षण बनेको छ ।

संसारमा सबभन्दा बढी बिक्ने पुस्तकहरू डायनासोरमा आधारित छन् । डायनोसारमाथि बनेको फिल्म जुरासिक पार्कले यो जन्तुप्रति मानिसको जिज्ञासा ह्वात्तै बढाएको थियो ।

डायनोसरले ठूलठूला पत्थर निल्ने गरेको अनि ती पत्थरले उसको पेटमा खाना पचाउने काम गरेको मान्यता छ ।

शरीर विशाल भएपनि वयस्क डायनासोरको दिमागको आकार मानिसको बच्चाको जत्रो हुन्थ्यो ।

डायनासोर पन्ध्र करोड वर्षसम्म पृथ्वीमा रहे र त्यतिखेर मानिसहरू डायनासोरको तुलनामा जम्मा शून्य दशमलब एक प्रतिशत थियो ।

सर्प र माउसुलीले जस्तै डायनासोर पनि समयानुसार छाला काढ्थे ।

सबभन्दा लामो डायनासोर २७ मिटर लामो थियो भने सबभन्दा सानो डायनासोर जम्मा चार इन्चको थियो । पछिल्लोले कीरा खाएर जीवन चलाउँथ्यो ।

डायनासोर लगभग २० माइल प्रतिघण्टाको वेगमा दौडिन्थ्यो । एक कदमले १५ फीटको दूरी पार गर्थ्यो ।

डायनासोरको अण्डा टेनिस बल जत्रो सानोदेखि लिएर फूटबल जत्रो ठूलो हुन्थ्यो ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्