०७ असार २०८३, आइतबार

जेठ ४ गतेसम्ममा संविधान संशोधन नभए चुनाव हुन नदिने महतोको चेतावनी

कात्तिक २०, २०७४
जेठ ४ गतेसम्ममा संविधान संशोधन नभए चुनाव हुन नदिने महतोको चेतावनी

काठमाडौं, २८ बैशाख – राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता राजेन्द्र महतोले आउने जेठ ४ गतेसम्मपनि संविधान संशोधन नभए मधेशी मोर्चाले तराई–मधेशमा कुनैपनि निर्वाचन हुन नदिने चेतावनी दिएका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतोले जेठ ४ गतेसम्म संविधान संशोधन नभए, मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई लगार्ईएका झुठा मुद्दा फिर्ता नभए मोर्चाले कुनैपनि निर्वाचनमा भाग नलिने र मधेशमा निर्वाचन गर्न नदिने चेतावनी दिएका हुन् ।

साक्षात्कारमा नेता महतोले संविधानमा आफ्ना हकअधिकार स्थापित गराउनको लागि दर्जनौं मधेशी जनताहरुले साहादत दिएको बताउँदै सहिदहरुको सपना पूरा गर्नको लागि पनि संविधान संशोधन मार्फत अधिकारहरु स्थापित् गराउनुपर्ने स्पष्ट पारे । उनले भने,‘आवश्यक संविधान संशोधन नगरीकन कुनैपनि चुनाव हुन सक्दैन्।’ उनले संशोधन नगरीकन संविधान कार्यान्वयनको नाममा निर्वाचन गर्न खोजिए निर्वाचन नै प्रभावित हुने बताए ।

उनले सरकारले संविधान संशोधन गर्ने भनेर आफूहरुको सहमतिमा संशोधन प्रस्ताव अघि बढाएपनि अहिलेसम्म पारित नगराएकोमा दुःख व्यक्त गर्दै भने,‘निर्वाचनको वातावरण बनाउनको लािग संशोधन प्रस्ताव त पारित गराउनुपर्यो नि, हाम्रो लागि पनि बाटो खुल्छ, हामीले पटक–पटक भनिसकेका छौं, तर मधेश केन्द्रित दलहरुलाई निर्वाचनबाट बञ्चित गराउन नश्लवादी र हठवादी सोच ठूला दलहरुले देखाईरहेका छन्, यसले मुलुकमा ठूलो दुर्घट्ना हुन्छ।’ उनले आफ्ना साथीहरुलाई झुठा मुद्दा लगाएको अवस्था मोर्चा कसरी निर्वाचनमा भाग लिन सक्छ भन्दै प्रश्न समेत गरे ।

उनले थपे,‘हाम्रा साथीहरुलाई झुठा मुद्दा लगाईएको छ, राजबन्दी बनाईएको छ, यी सबै फिर्ता हुनुपर्छ, अनि स्थानीय तहको संख्या त्यो पनि झापादेखि कञ्चनपुरसम्म जनसंख्याको आधारमा बढाउनुपर्छ ।’

महतोले पहिलो चरणको निर्वाचनमा आफूहरुको कुनै अवरोध नभएपनि विरोध रहेको बताए । उनले भने,‘पहिलो चरणको निर्वाचनमा हामीलाई बञ्चित गराईयो, तर हाम्रो यो निर्वाचनमा कुनै अवरोध छैन, अवरोध नभएपनि हाम्रो यसमा विरोध चाहीँ छ।’

कमेन्ट गर्नुहोस्