काठमाडौं, २९ वैशाख– राष्ट्रपति विद्यादेवी भण्डारी भोलीदेखि श्रीलंकाको भ्रमणमा जाँदै छिन् । उनको श्रीलंका भ्रमण ५ दिनको हुने छ ।
राष्ट्रपतिले श्रीलंका भ्रमणमा जाँदा सरकारले यसपटक सार्वजनिक विदा भने दिएको छैन । गृहमन्त्रालयका अधिकारीका अनुसार राष्ट्रपतिको अनौपचारिक भ्रमण भएकाले विदा नदिइएको हो ।
यसअघि राष्ट्रपति भारत भ्रमणमा जाँदा भने सरकारले एक दिन सार्वजनिक विदा दिएको थियो । सरकारको विदा दिने निर्णयको भने सवत्र आलोचना भएको थियो ।
गणतन्त्र अघि राष्ट्राप्रमुखको रुपमा रहेका राजाको औपचारिक विदेश भ्रमणमा पनि सार्वजनिक विदा दिने प्रचलन थियो ।