०४ असार २०८३, बिहीबार

वैज्ञानिकहरूले बनाए संसारको सबभन्दा सानो डुंगा, औषधोपचारमा सहयोग हुने

माघ १९, २०७७
वैज्ञानिकहरूले बनाए संसारको सबभन्दा सानो डुंगा, औषधोपचारमा सहयोग हुने

वैज्ञानिक अनुसन्धाताहरूले संसारको सबभन्दा सानो डुंगा बनाएका छन् । त्यसको लम्बाइ जम्मा ३० माइक्रोमिटर छ । 

यो निकै सानो भएकाले मानिसको कपालमा समेत तैरिन सक्छ । 

इलेक्ट्रोन माइक्रोस्कोप र हाई रिजोल्युसन भएको थ्रीडी प्रिन्टरको सहायताले नेदरल्यान्ड्सको लाइडन विश्वविद्यालयको एक टोलीले यो डुंगा बनाएको हो । मानिसको शरीरमा प्रवेश गरेर यसले औषधोपचारमा सहयोग गर्ने अपेक्षा राखिएको छ । 
 

थ्रीडी प्रिन्टरहरूको प्रभावकारितालाई परीक्षण गर्ने बेन्ची डुंगाको यो निकै सानो प्रतिलिपि हो । 

हामीले एक थोपाभित्र लेजरलाई फोकस गरायौं,’ विश्वविद्यालयमा भौतिकशास्त्र अध्यापन गर्ने ड्यानिएला क्राफ्टले बताइन् । ‘थोपामा लेजरलाई घुमाउँदा हामी चाहेमुताबिकको संरचना लेख्न सक्छौं । उदाहरणका लागि हामीले हेलिक्सको आकारमा घुमायौं भने हेलिक्स लेख्नेछौं ।’

शरीरका तरल पदार्थमा बग्न सक्ने साना वस्तु माइक्रोस्विमरहरूका विषयमा अनुसन्धान गरिरहेका वैज्ञानिकहरूले विभिन्न संरचना बनाउने क्रममा यो डुंगा पनि बनाएका हुन् । 

जैविक माइक्रोस्विमरहरूमा ब्याक्टेरिया र वीर्य पर्छन् । वैज्ञानिकहरूले कृत्रिम माइक्रोस्विमर बनाएका हुन् ।

मानव शरीरमा औषधि प्रवेश गराउन यस्ता कृत्रिम माइक्रोस्विमरहरूलाई उपयोग गर्न सकिने क्राफ्टको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्