२६ जेठ २०८३, मंगलबार

भिरबाट लडेर महिलाको मृत्यु

कात्तिक १५, २०७७
भिरबाट लडेर महिलाको मृत्यु

 दिपायल सिलगढी नगरपालिका–७ पाँकरीस्थित नाउटेपानी खोलाको भिरबाट लडेर २८ वर्षीया एक महिलाको मृत्यु भएको छ ।

प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार शुक्रबार दिउँसो घर नजिकैको जङ्गलमा बाख्रा चराउन गएका बेला सोही गाउँकी २८ वर्षीया शारदा कठायत भण्डारीको भिरबाट लडेर मृत्यु भएको हो ।

शुक्रबार बाख्रा घर आए पनि  शारदा राति अबेरसम्म घरमा नआउँदा स्थानीयवासीले खोजी गरेपछि गाउँ नजिकैको नाउटेपानी खोलाको भिरबाट लडेर मृतावस्थामा भेटिएको वडाध्यक्ष कर्णबहादुर विष्टले जानकारी दिए।  शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।

हत्या आरोपी पक्राउ

अछामको ढकारी गाउँपालिका–७ का १५ वर्षीय देवेन्द्र थापाको हत्या गरेको आरोप लागेका दुई फरार आरोपीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पक्राउ पर्नेमा ढकारी –७ का नरेन्द्र बुढा र नरबहादुर बुढा रहेका छन् । 

पक्राउ परेकाहरुले यही कात्तिक १० राति ढकारी –३ स्थित चोइटेखालीबाट घर फर्किने क्रममा १५ वर्षीय देवेन्द्र थापा र सोही ठाउँका १४ वर्षीय रुद्र थापालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएको आरोप लागेको छ ।

घाइते देवेन्द्रको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा कात्तिक ११ बिहान मृत्यु भएको थियो भने अर्का घाइते रुद्रको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ । पक्राउ परेकाहरुमाथि कर्तव्य ज्यानअन्तर्गत मुद्दा दर्ता गरी कानूनी कारवाही शुरु गरेर जिल्ला अदालत पेश गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्