१० असार २०८३, बुधबार

कोरोनाले थप २ जनाको मृत्यु

कात्तिक १५, २०७७
कोरोनाले थप २ जनाको मृत्यु

बाँकेमा उपचाररत थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  

मृत्यु हुनेमा दाङको घोराही उपमहानगरपालिका–४ का ७० वर्षीय पुरुष रहेको छ ।

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत उनको शनिवार बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेशबाबु श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार श्वासप्रश्वासमा समस्या भएपछि ११ कात्तिकमा शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका उनको परीक्षण गर्दा कात्तिक १२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमित ती पुरुषलाई रोगको प्रकृति अनुसार प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार गरेपनि स्वास्थ्य अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड सघन उपचार कक्षमा उनको शनिवार बिहान मृत्यु भएको हो । 

यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँकेमा आउने संक्रमितमध्ये अहिलेसम्म १८ जनाको मृत्यु भइसकेको बताइएको छ । हालसम्म बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

यसैगरी प्युठानको माण्डवी गाउँपालिका–३ दारिमचौरका ५४ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा शुक्रवार राति ११ बजे मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धु्रवकुमार पोखरेलले जानकारी दिए ।

निमोनिया रोगबाट ग्रसित उनको बुटवलमा उपचार नभएपछि थप उपचारका लागि चितवन लगिएको थियो । रोगको अवस्था अनुसार गरिनुपर्ने सबै प्रकारको उपचार गर्दा समेत बिरामीको अवस्थामा सुधार आउन नसकी उपचारकै क्रममा उनको मृत्यु भएको प्रमुख पारेखरेलले बताए । यससँगै प्युठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । 

salt training

कमेन्ट गर्नुहोस्