११ असार २०८३, बिहीबार

मोटरसाइकल सडकबाट ५ सय मिटर तल तिनाउ नदीमा खस्यो, २ घाइते

कात्तिक १५, २०७७
मोटरसाइकल सडकबाट ५ सय मिटर तल तिनाउ नदीमा खस्यो, २ घाइते
फाइल तस्बिर

सिद्धार्थ राजमार्ग अन्तर्गत बुुटवल–पाल्पा सडक खण्डअन्तर्गत पाल्पाको सिद्धबाबा नजिकै शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परेको छ । पाल्पाबाट बुटवलतर्फ आउँदै गरेको लु ९ प ७१५७ नम्बरको मोटरसाइकल सडकबाट ५ सय मिटर तल तिनाउ नदी किनारमा पुुगेको थियो । 

दुर्घटनामा परी मोटरसाइकलमा सवार पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६ का ढकबहादुुर हिस्की मगर र पाल्पाकै बगनासकाली गाउँपालिका वडा नम्बर ४ का दानबहादुुर लम्तरी गम्भीर घाइते भएका छन् । 
उनीहरुलाई साँझ प्रहरीले उद्दार गरी बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराइरहेको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवल जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्