
क्यानडाको क्युबेकमा आइतवार बिहानै मध्यकालीन लुगा लगाएका एक व्यक्तिले जथाभावी चक्कु प्रहार गर्दा कम्तीमा दुईजनाको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
आरोपितलाई प्रहरीले पक्राउ गरेको छ ।
आक्रमण प्रदेश संसद् भवनमा भएको छ । आक्रमणकारीले धारिलो हतियार बोकेको बताइएको छ ।
आक्रमणपछि भागेका आरोपितलाई प्रहरीले स्थानीय समयअनुसार बिहान १ बजे पक्राउ गरेको थियो । प्रहरीले आक्रमणकारीको पहिचान खुल्ने विवरण तथा उद्देश्यको विवरण सार्वजनिक गरेको छैन ।