१७ असार २०८३, बुधबार

हावामा उड्न लागेको थियो मेट्रो ट्रेन, बचायो ‘ह्वेल माछा’ले

कात्तिक १८, २०७७
हावामा उड्न लागेको थियो मेट्रो ट्रेन, बचायो ‘ह्वेल माछा’ले

नेदरल्यान्ड्सको रोटरड्याम शहरमा एक मेट्रो ट्रेन द्रुत गतिमा स्टेसनलाई समेत भत्काउँदै हावामा उड्न ठिक्क परेको बेलामा ‘ह्वेल माछाको पुच्छर’ ले बचाएको छ । 

मेट्रो ट्रेनले नियन्त्रण गुमाएपछि स्टेसनमा नरोकिएर हावामा उड्न पुगेको थियो । 

डी एकेर्स नामक स्टेसनलाई भत्काउँदै ट्रेन हावामा पुगिसकेको थियो तर त्यहाँ भएको ह्वेल माछाको मूर्तिको पुच्छरमा अड्किन पुग्यो । ट्रेन त्यहीँ अड्कियो नत्र ठूलै दुर्घटना हुन सक्थ्यो । 
 

ह्वेलको मूर्ति मेट्रो स्टेसन नजिकको पार्कमा २० वर्षअघि बनाइएको थियो । दुई ठूला ह्वेल माछाका विशाल पुच्छरहरू त्यहाँ छन् । तीमध्येको एक पुच्छरले मेट्रो ट्रेनलाई बचायो । 

ट्रेन चालकको ज्यान जसोतसो जोगियो र कुनै चोट पनि लागेन । तर चालक निकै स्तब्ध भए । धन्य, ट्रेनमा चालक मात्र थिए अनि एकजना पनि यात्रु थिएन । 
 

ट्रेनलाई ह्वेलको पुच्छरबाट निकाल्नका लागि वास्तुकलाविद्, इन्जिनीयर र केही विशेषज्ञहरू काम गरिरहेका छन् । 

घटनामा संरचना अलिकति भत्केको तर जनधनको क्षति नभएको प्रहरीको भनाइ छ । मेट्रो ट्रेन कसरी नियन्त्रण बाहिर पुग्यो भन्ने विषयमा अनुसन्धान जारी छ । 

salt training

कमेन्ट गर्नुहोस्