
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले टेक्सस राज्यको महत्त्वपूर्ण ३८ इलेक्टोरल भोट जितेका छन् ।
यससँगै उनले प्रतिस्पर्धी जो बाइडनसँगको दूरी घटाएका छन् । अहिलेसम्म बाइडनले २२३ अनि ट्रम्पले २१२ भोट पाएका छन् ।
विपक्षी डेमोक्रेटहरूले परम्परागत रूपमा अनुदारवादी रहेको यो राज्य जित्ने अपेक्षा गरेका थिए । व्यापक संख्यामा मतदाताहरू आएकाले उनीहरूले यस्तो आशा गरेका थिए ।
तर राष्ट्रपतिले टेक्ससमा जीत कायम राखेका छन् । उनले यो राज्य जित्नैपर्ने बाध्यता थियो ।
डेमोक्रेटहरूले संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका सीटहरू पनि टेक्ससमा गुमाएका छन् । यसबाट हाउसमा बहुमत पाउने उनीहरूको आशामा धक्का पुगेको छ ।