१० असार २०८३, बुधबार

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख नरवाणे, विमानस्थलबाट सोझै गए सोल्टी होटल

कात्तिक १९, २०७७
काठमाडौं आइपुगे भारतीय सेना प्रमुख नरवाणे, विमानस्थलबाट सोझै गए सोल्टी होटल

भारतीय स्थल सेना प्रमुख मनोज मुकुन्द नरवाणे काठमाडौं आइपुगेका छन् ।

नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निम्तोमा उनी बुधवार नेपाल आएका हुन् ।

भारतीय सेनाको विशेष विमानमार्फत ४ सदस्यीय टोलीसहित बिहान ११ः४५ बजे नरवाणे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका सैनिक स्रोतले जनाएको छ ।

उनी विमानस्थलबाट सोझै सोल्टी होटल गएका छन् । बुधवार कुनै औपचारिक भेटघाटको कार्यक्रम नभए पनि उनी पशुपतिनाथ क्षेत्रमा दर्शनको लागि जाने कार्यक्रम तय भएको जनाइएको छ ।

नेपाल भ्रमणमा रहँदा उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्नेछन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ उपाधि दिने कार्यक्रम छ । 

नेपाली सेनाले आयोजना गरेका विभिन्न कार्यक्रममा सरिक हुने तथा प्रधानसेनापतिसँग औपचारिक वार्ता गर्ने कार्यक्रम समेत छ । नेपाल–भारत सीमा विवाद बढेको समयमा भारतीय सेनाध्यक्षको भ्रमणलाई महत्त्व र चासोका साथ हेरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्