१२ असार २०८३, शुक्रबार

गोदाममा आगलागी, २५ लाख मूल्य बराबरको क्षति

कात्तिक १९, २०७७
गोदाममा आगलागी, २५ लाख मूल्य बराबरको क्षति
सन्दर्भ तस्बिर

सिरहाको लहान नगरपालिका –३ स्थित एक कवाडी गोदाममा आज आगलागी हुँदा करीब रु २५ लाख मूल्य बराबरको क्षति भएको छ ।  
लहान – ३ मा रामनारायण महतो र साबिर मियाँले संयुक्त रुपमा सञ्चालन गरेको सो  गोदाममा आगलागी हुँदा  त्यहाँका सम्पूर्ण सामान जलेर नष्ट भएको छ ।

लहान र गोलबजार नगरपालिका तथा सप्तरीको शम्भुनाथ नगरपालिकाबाट आएका वारुणयन्त्र र  नेपाल प्रहरीको सहयोगमा आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक शरत थापा क्षेत्रीले जानकारी दिए । आगलागी के कति कारणले भएको भन्ने खुल्न सकेको छैन ।

salt training

कमेन्ट गर्नुहोस्