१५ असार २०८३, सोमबार

भैरव पुरस्कारका लागि पाँडे र पौडेलको नाम छनोट

कात्तिक २०, २०७७
भैरव पुरस्कारका लागि पाँडे र पौडेलको नाम छनोट

नेपाली हाँस्यव्यंग्य साहित्यका शिखर पुरुष भैरव अर्यालको स्मृतिमा स्थापित भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कार वर्ष २०७६/७७ का लागि क्रमशः रामकुमार पाँडे र राजाराम पौडेललाई प्रदान गरिने भएको छ ।

पाँडे चर्चित व्यंग्यकार हुन् भने पौडेल हाँस्य कलाकारिता क्षेत्रमा स्थापित नाम हो । भैरव पुरस्कार र भैरव प्रतिभा पुरस्कारको राशि क्रमशः १ लाख र ५० हजार रुपैयाँ रहेको छ ।

वरिष्ठ साहित्यकार विजय चालिसे संयोजक तथा वरिष्ठ समालोचक प्रा.डा. खगेन्द्र लुइँटेल र व्यंग्यकार लक्ष्मण गाम्नागे सदस्य रहेको चयन समितिको आधारलाई अनुमोदन गर्दै भैरव पुरस्कार गुठीले पाँडे र पौडेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

हाल कोभिड–१९ को संक्रमण रहेकाले उपयुक्त अवस्था हेरेर पुरस्कार वितरण कार्यक्रम आयोजना गरिने गुठीका सचिव वसन्त रिजालले जानकारी दिए । २०४६ सालदेखि प्रत्येक २/२ वर्षमा यी पुरस्कार प्रदान गरिँदै आएकोमा अब आगामी वर्षबाट बर्सेनि वितरण गरिने पनि रिजालले बताए ।

salt training

कमेन्ट गर्नुहोस्