१७ असार २०८३, बुधबार

मत गन्न समय लाग्दा अमेरिकामा षड्यन्त्र सिद्धान्तको बिगबिगी..

कात्तिक २०, २०७७
मत गन्न समय लाग्दा अमेरिकामा  षड्यन्त्र सिद्धान्तको बिगबिगी..

अमेरिकाको राष्ट्रपति निर्वाचनमा अन्तिम परिणाम आउन समय लागेपछि षड्यन्त्र सिद्धान्तहरूको सामाजिक सञ्जालमा छ्यासछ्यास्ती आउन थालेका छन् । 
 

एरिजोनामा शार्पीगेट ह्याशट्यागमा षड्यन्त्र सिद्धान्त चलाइन थालेको छ । 
 

मारिकोपा काउन्टीमा निर्वाचन अधिकारीहरूले मतदातालाई शार्पी कलम दिएको र यसले गर्दा मतदाताहरूलाई राष्ट्रपति डोनल्ड ट्रम्पलाई भोट दिन गाह्रो परेको खबर फैलाइँदैछ । यसमा कुनै प्रमाण छैन । 
 

एरिजोनाका निर्वाचन अधिकारीहरूले मतदानमा शार्पी प्रयोग गरिएको तर त्यसले मतपत्र रद्द नभएको बताए । मतपत्र गन्दाखेरी मसी नलतपतियोस् भनी शार्पी कलम प्रयोग गर्न दिएको मारिकोपा काउन्टी इलेक्सन्स डिपार्टमेन्टले चुनावको दिन ट्वीट गरेको थियो । 

तर ८ लाख २० हजारभन्दा बढी भ्युज पाइसकेको एक भिडियोमा एक महिलाले चार विभिन्न मतदान केन्द्रमा शार्पी प्रयोग गरेको र एक पुरुषले उनलाई यी मतपत्रहरू गणना नगरिएको र यी अवैध भएको बताएको सुनिन्छ ।

‘उनीहरूले खसेको मतलाई पनि अवैध बनाइरहेका छन्,’ ती पुरुष भन्छन् । 

उनले मतदाताहरूलाई डटपेन उपयोग गर्न सुझाव दिन्छन् । 

salt training

कमेन्ट गर्नुहोस्