१६ असार २०८३, मंगलबार

दीक्षान्त समारोहका लागि त्रिविले खोल्यो आवेदन

कात्तिक २०, २०७७
दीक्षान्त समारोहका लागि त्रिविले खोल्यो आवेदन

त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले ४६ औं दीक्षान्त समारोहमा भाग लिनका लागि विद्यार्थीसँग आवेदन माग गरेको छ ।

त्रिविले सूचना प्रकाशित गरी समारोहमा इच्छुक विद्यार्थीसँग आवेदन माग गरेको हो ।

पुसमा महिनामा हुने समारोहमा सहभागी हुन २०७६ असार १ गतेदेखि २०७७ जेठ ३२ गतेसम्म सेमेस्टर र वार्षिक परीक्षा प्रणालीअनुसार स्नातक, स्नातकोत्तर तह र एमफिल तह उत्तीर्ण गरी ट्रान्स्क्रीप्ट लिएका र सोही अवधिभित्र विद्यावारिधि पूरा गरेका विद्यार्थीले आवेदन दिन सक्ने त्रिविले जनाएको छ ।

आवेदन फाराम अनलाइनबाट आउँदो मंसिर १ गतेभित्र भरिसक्ने भनिएको छ । 

समारोहमा भाग लिनका लागि स्नातक तहले ३ हजार ७००, स्नातकोत्तर तह र एमफिलले ४ हजार २०० र विद्यावारिधिले ४ हजार ७०० शुल्क बुझाउनुपर्ने छ । तीमध्ये १ हजार ५०० धरौटीबापतको शुल्क हो भने अन्य शुल्क दीक्षान्त शुल्क हो ।

समारोहमा सहभागी हुन चाहने विद्यार्थीले २ जना अभिभावकसम्म सरिक गराउन सक्नेछन् । गत वर्ष भएको दीक्षान्त समारोहमा ९ हजार ५०४ विद्यार्थी सहभागी भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्