
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी पद प्रदान गरेकी छन् ।
नेपाल भ्रमणमा रहेका सेनाध्यक्ष नरवणेलाई बिहीवार शितल निवासमा आयोजित समारोहमा मानार्थ महारथी पद प्रदान गरिएको हो ।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले प्रेस विज्ञप्ति जारी गर्दै नरवणेलाई मानार्थ पद दिइएको जानकारी दिएका छन् । समारोहमा प्रधान सेनापति, नेपाल सरकारका उच्च अधिकारीहरू, नेपालका लागि भारतका राजदूत लगायतको उपस्थिति रहेको थियो ।
समारोहपश्चात राष्ट्रपति भण्डारीसमक्ष स्थल सेनाध्यक्ष नरवणेले शिष्टाचार भेट गरेका जनाइएको छ ।
