२२ जेठ २०८३, शुक्रबार

गोलभेँडाबाट एउटै याममा दुई लाख आम्दानी

कात्तिक २०, २०७४
गोलभेँडाबाट एउटै याममा दुई लाख आम्दानी

रामपुर, पाल्पा, २९ वैशाख –रामपुर नगरपालिका–६ विजयपुरकी अगुवा कृषक निर्मला पोखरेल गोलभेँडा बिक्रीबाट एउटै याममा दुई लाख रुपैयाँ बराबरको आम्दानी गर्नुभएको छ ।

एक रोपनी जग्गामा लगाएको गोलभेँडाबाट उहाँले सो आम्दानी गर्न सफल हुनुभएको हो । उहाँले अमिता र सिर्जना जातको गोलभेँडा लगाउनुभएको छ । विगत तीन वर्षयता पोखरेलले व्यावसायिक रुपमा तरकारीखेती गर्दै आउनुभएको छ ।

उहाँ भन्नुहुन्छ – “थोरै जग्गामा सोचेभन्दा पनि तेब्बर उत्पादन भयो” – “बजारमा पनि गोलभेँडाको बिक्री मूल्य राम्रै पाइयो, व्यवसायबाट एकदमै सन्तुष्ट छु ।”

गोलभेँडाखेतीसँगै उहाँले काँक्रा, घिरौला, लौका, करेला, सिमी जातका तरकारी दुई रोपनी जग्गामा लगाउनुभएको छ । अहिले उहाँले गोलभेँडा प्रतिकिलो रु ४०, घिरौला रु ७०, काँक्रा रु ४० र करेला रु ८० मा घरबाटै बिक्री गरिरहनुभएको छ ।

उत्पादन बढेपछि उहाँले एक रोपनीबाट विस्तार गरेर तीन रोपनीमा गोलभेँडाखेती विस्तार गर्ने सोच बनाउनुभएको छ । “व्यवसाय नगर्दासम्म घरखर्च र बालबच्चाको पढाइ खर्च चलाउन धौधौ थियो, तरकारी खेती सुरु गरेपछि सबै सहज भएको छ,” उहाँले भन्नुभयो ।

घरखर्च, दुई छोराको पढाइ खर्चबाट बाँकी रहेको रकम उहाँले सहकारीमा बचत गर्दैआउनुभएको छ ।

salt training

कमेन्ट गर्नुहोस्