
हरेक अभिभावकले आफ्ना बालबालिकालाई आफ्नो परम्परा, रीतिरिवाजअनुसार पालनपोषण गर्ने गर्छन् । यसरी नै उनीहरूलाई आत्मनिर्भर बन्ने सीप पनि सिकाउने गर्छन् । संसारभरिका अभिभावकले आफ्नो सन्तानलाई माया तथा न्यानोपन दिएर या नियन्त्रण या अनुशासनले बाँधेर विभिन्न प्रकारका शिक्षा प्रदान गर्ने गर्छन् ।
डा. नरेन्द्रसिंह ठगुन्ना, अध्यक्ष मनोविज्ञान सम्प्रदाय नेपालबालबालिका हुर्काउने यस्ता अभिभावकनिरंकुश अभिभावक
यस्ता अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक कठिन नियमहरूको पालना गराउँदै नियन्त्रणमा राखेर हुर्काउँछन् । उच्च मात्राको नियन्त्रणमा कुनै कुरा छुन नदिईकन हुर्काउने गर्छन् । यस्ता अभिभावकले उच्च मात्राको नियन्त्रण र निम्न स्तरको लाडप्यार देखाउने गर्छन् । अभिभावकले निर्धारण गरेका नियमबारे बालबालिकाले सोधेमा मैले भनेकोले गर भन्ने उत्तर दिन्छन् । यस्ता अभिभावकबाट उच्च उपलब्धिको अपेक्षा गरिन्छ । तर, बालबालिकाप्रति गर्नुपर्ने उत्तरदायित्व निर्वाह भने भइरहेको हुँदैन ।
बढी स्वतन्त्रता
यस्ता अभिभावकले आफ्ना बालबालिकालाई अत्यधिक (सीमारहित) छुट दिएका हुन्छन् । उनीहरूले बालबालिकालाई निम्न स्तरको नियन्त्रणमा राखेका हुन्छन् ।
प्रजातान्त्रिक अभिभावक
यसमा बालबालिकाका लागि आवश्यकताअनुसार लाडप्यार र नियन्त्रण पनि गरिन्छ । लाडप्यार र अनुशासनको बीचमा सन्तुलन मिलाएर व्यवहार गर्ने गरिन्छ ।
बेवास्ता/अस्वीकृत अभिभावकत्व
यस्ता अभिभावकले बालबालिकाप्रति कम लाडप्यार देखाउने गर्छन् । यसमा बालबालिकालाई पीडा दिने, अस्वीकृत गर्ने र वास्ता नगर्ने हुन्छन् । यस्तो परिवेशमा हुर्केका बालबालिका लागुऔषध, अपरिपक्व यौनिक क्रियाकलापमा संलग्न भएको देखिन्छ ।
अभिभावकत्वले दर्शाउने न्यानोपन
अभिभावकले आफ्नो स्वीकृति दिएर नै बालबालिकालाई उत्तरदायित्व बहन गर्न सिकाउने गरिन्छ । जसलाई नेपाली समाजमा लाडप्यारले पनि भन्ने गरिन्छ । बालबालिकालाई गर्ने लाडप्यार कतिको ठीक हुन्छ भन्ने सन्दर्भमा विभिन्न अध्ययन गरिएका छन् । उच्च स्तरको अधिक लाडप्यारको वातावरणमा हुर्केका बालबालिका सजिलै सामाजिक हुन सक्छन् । त्यस्तै, उच्च शैक्षिक उपलब्धि हासिल गर्दै आमाबुबा र मान्यजनलाई माया गर्ने र सम्मान गर्ने हुन्छन् । जुन बालबालिकाले निम्न स्तरको या बिल्कुलै लाडप्यार नपाईकन हुर्केका हुन्छन्, उनीहरू पछि गएर आक्रामक र निम्न शैक्षिक उपलब्धि प्राप्त गर्ने हुन्छन् ।
अभिभावकको अनुशासन
अभिभावकले निर्धारण गरेका सीमा र नियमहरूको सन्दर्भमा ठिक्क मात्रामा नियन्त्रण आवश्यक पर्छ । अध्ययनअनुसार उच्च स्तरको नियम र अनुशासनमा हुर्केको र निम्न स्तरको अनुशासनमा हुर्केका बालबालिका उदासीन र कुलतमा पर्ने सम्भावना हुन्छ । त्यस्तै, समाजविरोधी क्रियाकलाप गर्ने, बेवास्ता गर्ने र पछि गएर आफ्ना केटाकेटीलाई ध्यान नदिने हुन्छन् ।
बालबालिकाको आत्मविश्वास बढाउने तरिका
बालबालिकसँग असफल प्रयासभन्दा सफलताको कुरा बढी गर्ने ।
बालबालिकालाई पर्याप्त उत्साह प्रदान गर्ने ।
निःस्वार्थ लाडप्यार गर्ने ।
आत्मनिर्भर भएर काम गर्न दिने ।
क्षमताभन्दा उच्च स्तरको आकांक्षा नराख्ने ।
गलत कुरालाई औँल्याइदिने ।
उसका गलत व्यवहारलाई बेवास्ता नगर्ने ।
उपस्थित हुने ।
आदर्श व्यवहार प्रस्तुत गर्ने ।
बालबालिकालाई उत्तरदायित्व बहन गर्न दिने ।
बालबालिकाका विचार, भावना र संवेगलाई महत्व दिने ।
प्रतिभा विकास गर्न सहयोग गर्ने ।
सीमा निर्धारण गर्ने ।
प्रभावकारी अभिभावकत्वका सात निर्धारक
बालबालिकालाई महत्व दिने ।
बालबालिकालाई प्रशिक्षण दिलाउने ।
सत्य बोल्ने बानीको विकास ।
उपयुक्त लाडप्यार र अनुशासनमा राख्ने ।
अनुशासित बनाउने ।
प्रोत्साहित गर्ने ।
छुटकारा नदिने/गलतलाई दण्डित पनि गर्ने ।
सकारात्मक अभिभावकत्वका सीप/उपाय
उपयुक्त सञ्चार ।
सकारात्मक हुनुुहोस् ।
नियम निर्धारण गर्नुहोस् ।
गल्ती सुधार्नुहोस् ।
प्रशंसा गर्नुहोस् ।
पारिवारिक जमघट
पोषणयुक्त खाना ।
हीनताबोध हुने गरी व्यवहार नगर्ने ।
राम्रो सुन्ने व्यक्ति बन्ने ।
रुचि देखाउनुहोस् ।
नयाँ पत्रिकाबाट