११ असार २०८३, बिहीबार

मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगियो

कात्तिक २१, २०७७
मन्त्री शाहलाई थप उपचारका लागि काठमाडौं लगियो

 कोरोना सङ्क्रमण देखिएका सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री तथा प्रवक्ता प्रकाशबहादुर शाहलाई थप उपचारका लागि काठमाडौं लगिएको छ।

स्वकीय सचिव जङ्ग विकका अनुसार मन्त्री शाहका सिम्रिक एयरको हेलिकोप्टरमा काठमाडौँ लगिएको हो । गत साता मन्त्री शाहलाई कोरोना देखिएको थियो ।

बिहीवार बिहान मन्त्री शाहको नाकबाट रगत आउने समस्या देखिएपछि धनगढीको सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनलाई ज्वरो आइरहेको पनि बताइएको छ ।

मन्त्री शाहकी श्रीमती लक्ष्मी भट्टलाई पनि कोरोना देखिएको छ । उनको अवस्था सामान्य छ ।
 

salt training

कमेन्ट गर्नुहोस्