
काठमाडौं, २८ वैशाख — पाकिस्तानको बलोचिस्तानस्थित मास्तुङमा शुक्रवार भएको एक विस्फोटमा परी कम्तीमा १७ जनाको मृत्यु भएको छ । अन्य धेरैजना घाइते भएका छन् ।

शुक्रवारको नियमित प्रार्थनाको केही समयपछि एक स्थानीय मस्जिदमा बम विस्फोट गराइएको थियो ।
डेपुटी चेयरम्यान सिनेट अब्दुल गफूर हैदरीको जत्थालाई आक्रमणले सबभन्दा बढी असर गरेको थियो । हैदरीको जत्था मस्जिदबाट निस्कनेबित्तिकै विस्फोट भएको थियो ।
प्रहरीले यो आत्मघाती आक्रमण भएको शंका गरेको छ ।
हैदरीलाई विस्फोटका कारण सानतिना चोटपटक लागेको छ ।
आक्रमणमा मारिनेमध्ये धेरैजसो जमियात उलेमा–ए–इस्लाम–फज्ल पार्टीका कार्यकर्ता रहेको उद्धारकर्ताहरूले बताए ।
घाइतेहरूको मास्तुङस्थित सिभिल हस्पिटलमा उपचार चलिरहेको छ ।
डनबाट