
कुमारी बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ६० करोड २५ लाख ४३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको गरेको छ।
बैंकले गत आवको यसै अवधिमा ४० करोड १९ लाख ८८ हजार रुपैयाँ खुद नाफा कमाएकोमा ४९.८९ प्रतिशतले नाफा बढाएको हो ।
यस अवधिमा बैंकको वितरण योग्य नाफा २५ करोड ९१ लाख ३२ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ३९ करोड ७१ लाख ४७ हजार रुपैयाँ बढेर १ अर्ब ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ। त्यस्तै सञ्चालन नाफा २९ करोड ४२ लाख रुपैयाँ बढेर ८६ करोड ५ लाख रुपैयाँ पुगेको छ।
बैंकले असोज मसान्तसम्ममा १ खर्ब १७ अर्ब २ करोड ६० रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ३२ करोड ५२ लाख रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष बैंकले १ खर्ब १६ अर्ब ५४ करोड ७० लाख रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब १० अर्ब ७१ करोड ७२ लाख रुपैयाँ कर्जा लगानी गरेको थियो।
समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात १.०५ प्रतिशतबाट बढेर १.४३ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको आधार दर ८.४० प्रतिशत, स्प्रेड दर ४.३६ प्रतिशत र कोषको लागत ६.२८ प्रतिशत रहेको छ । त्यस्तै सिसिडि रेसियो ७५.३१ प्रतिशत छ भने पूँजी कोष अनुपात १४.९३ प्रतिशत छ।
चुक्ता पूँजी १२ अर्ब ५२ करोड ४९ हजार रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ५९ करोड ४३ लाख रुपैयाँ रहेको छ। बैंकको प्रति शेयर आम्दानी १९.२५ रुपैयाँ छ भने प्रति शेयर नेटवर्थ १४२.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.५८ गुणा रहेको छ ।