२३ जेठ २०८३, शनिबार

सुन्दर देखिनका लागि के गरेका यी महिलाहरूले ?

कात्तिक २०, २०७४
सुन्दर देखिनका लागि के गरेका यी महिलाहरूले ?
काठमाडौं— संसारभरि विभिन्न देशमा अचम्मका फेसन देख्न पाइन्छन् । धेरै देशमा महिलाहरू आफ्नो देशको संस्कृतिलाई जोगाउन र सुन्दर देखिनका लागि दुःखकष्ट बेहोर्न तयार हुन्छन् ।

2016_9image_14_21_2906615414-ll

यस्तै क्रममा बर्मा र थाइल्यान्डका सिराफ वुमनको यहाँ चर्चा गरिन्छ । जिराफको जस्तो लामो र सुन्दर गर्दन बनाउनका लागि यहाँका महिलाले साने उमेर हुँदादेखि नै दुःखकष्ट झेल्ने गरेका छन् ।

यी दुई देशका कायन जातिका महिला आफ्नो अचम्मको फेसनका लागि संसारभर प्रसिद्ध छन् । कायन जातिमा छोरीहरूलाई पाँच वर्षको उमेरदेखि नै भारी काँसको रिंगहरू लगाइदिने गरिएको छ । उमेर बढ्दै जाँदा रिंगको भार र आकार पनि बढ्दै जान्छ ।

गर्दनको लम्बाई बढ्दै जाँदा महिला सुन्दर देखिँदै जान्छन् भन्ने मान्यता यो जातिले लिएको छ । तर अन्य मानिसले चाहिँ महिलालाई दासप्रथाबाट जोगाउन यसो गरिएको बताएका छन् । गर्दन अस्वाभाविक रूपमा भद्दा र नराम्रो देखिएमा महिलालाई दास बनाउन कसैले चाहँदैन भन्ने विश्वासका कारण यसो गरिएको उनीहरूको तर्क छ ।

giraffe-women

गर्दनका यी रिंगको वजन पाँच किलोसम्मको हुन्छ । एकचोटि यी रिंग लगाएपछि फेरि कहिल्यै खोल्न पाउँदैनन् ।

एजेन्सी 

salt training

कमेन्ट गर्नुहोस्