११ असार २०८३, बिहीबार

थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

कात्तिक २४, २०७७
थप २ हजार ५७१ जनामा कोरोना पुष्टि, १८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार ११ हजार १७७ जनाको आरटी–पीसीआर परीक्षण गर्दा १ हजार ५१ महिला र १ हजार ५२० पुरुषमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो विवरण अनुसार थप १ हजार ७९८ जना निको भएर डिस्चार्ज भएका छन् । हालसम्म १ लाख ९७ हजार २४ जनामा कोरोना पुष्टि भएकोमा १ लाख ५९ हजार ७२४ संक्रमित निको भएका छन् । कोरोना निको हुने दर ८१% रहेको छ । सोमवार सक्रिय संक्रमितको संख्या ३६ हजार १७४ रहेको छ ।

पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या १ हजार १२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

राजधानी काठमाडौं उपत्यकामा १ हजार ४२८ संक्रमित थपिएका छन् । जसमध्ये पुरुष ७९८ र महिला ६३० रहेका मन्त्रालयले जनाएको छ ।  

salt training

कमेन्ट गर्नुहोस्