
शिवम् सिमिन्ट्स लिमिटेडले आ.व. २०७६/०७७ को पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
यस शिवम् सिमेन्ट्स लिमिटेडको आ.व. २०७६/०७७ को वार्षिक साधारण सभा सोमबार कम्पनीको कर्पाेरेट कार्यालय, अनामनगर, काठमाडौंको सभाहल तथा जूम/वेविनार अनलाइन मिटिङ मार्फत समेत सहभागिता जनाई सम्पन्न गरेको हो ।
कम्पनीे संचालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत आ.व. २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्दै कम्पनी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजी रु. ४ अर्व ४० करोड को २४.२१ प्रतिशतका दरले शेयरधनीहरुलाई नगद लाभाँस वितरण, आ.व. २०७७/०७८ का लागि लेखापरीक्षक नियुक्ती लगायतका सबै प्रस्तावहरु सर्वसम्मतीले पारित गर्ने निर्णय गर्दै ५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको जनाएको छ ।
कम्पनी सञ्चालक समितिका कार्यकारी अध्यक्ष सुरेन्द्र कुमार गोयलको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनी महानुभावहरुको सक्रियता पूर्वक सहभागिता रहेको थियो । उक्त सभामा शेयरधनीहरुले व्यक्त गरेका राय, सुझाव, टिप्पणी, जिज्ञासाहरुलाई सञ्चालक समितिको तर्फबाट अध्यक्षले जवाफ प्रस्तुत गरेका थिए ।
सहभागि शेयरधनीहरुले कम्पनीले कोरोना कहरका बीचमा पनि नेपाल सरकारले तोकेका सबै स्वाथ्य सुरक्षा मापदण्ड र प्रोटोकलको पूर्ण पालना गर्दै अनलाइन मिटिङमार्फत समेत सहभागि गराई समयमै साधारण सभा सम्पन्न गरी शेयरधनीहरुमा सकारात्मक प्रभाव परेको, साथै कम्पनीको समग्र लक्ष्य हासिल गर्न सहज होस् भन्ने लगायतका शुभकामना मन्तव्य राखेका थिए ।
सहभागि शेयर धनीहरुको सल्लाह, सुझाव तथा सुभेक्षाले गर्दानै कम्पनीको प्रगति र लक्ष्य हासिल गर्न कम्पनी सञ्चालक समिति र व्यवस्थापन तहलाई थप हौसला मिलेको कम्पनीका कार्यकारी अध्यक्षले बताएका थिए भने कम्पनीका कार्यकारी सञ्चालक रघुनन्दन मारुले कम्पनीको पाँचौं बार्षिक साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न सहयोग पुर्याउने सबै शेयरधनीहरु लगायतका सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न भएको थियो ।