०६ असार २०८३, शनिबार

चलेन ऋचा शर्माको एप

कात्तिक २५, २०७७
चलेन ऋचा शर्माको एप

नायिका ऋचा शर्मा र उनको टिमले ‘चलचित्र टीभी एप’ सार्वजनिक गरेको धेरै महिना भयो ।

नेपालमा कोरोना छिरेपछि यो एप सार्वजनिक गरिएको थियो । हेर्न मन लागेको कुनैपनि नेपाली चलचित्र शुल्क तिरेर यो एपमा हेर्न सकिन्छ । तर, यो एप संचालनमा आएको यतिधेरै समय भइसक्दा पनि चर्चा भने शुन्य छ ।

डिजिटल प्लेटफर्ममा चलचित्र हेर्ने शैलीको विकास भएसँगै यो एप चल्ने ऋचा र उनको टिमले आशा राखेको थियो । तर, आशा निराशामा परिणत भयो ।

यो एपलाई रजिष्टर गर्नेहरु ३० हजार पुगेका छन् । तर, रजिष्टर मात्र भएर नहुने । यसलाई सब्सक्राइव पनि गर्नुपर्छ । तर, रजिष्टरको एक चौथाई पनि सब्सक्राइब नभएको ऋचाले प्रतिक्रिया दिएकी छिन् ।

कन्फ्युजन कहाँनेर भयो भने यो एपमा जुन–जुन चलचित्र सार्वजनिक गरिएको छ ति सबैजसो चलचित्र युटुयुबमा निःशुल्क हेर्न पाइन्छ, त्यो पनि हजारौंपटक ।

युट्युबमा फ्रिमा हेर्न पाइने चलचित्र किन ऋचाको एपमा गएर पैसा तिरेर चलचित्र हेर्ने ? ऋचाको टिम अहिले बल्ल छक्क परेको छ । ऋचा भन्छिन्, 'अब युट्युबमा रिलिज गर्नुपूर्व शुरूमा चलचित्र एपमा सार्वजनिक गर्नेगरी केहि तयारी गर्दैछौं ।'

ऋचा ११ महिनाअघि ललितपुरको लाविम मलका म्यानेजर दिपेक्षजंग राणासँग बिहे बन्धनमा बाँधिएकी थिइन् ।

बिहे बन्धनमा बाधिएको केहि समयपछि उनले श्रीमानसमेतको सहयोगमा यो एपको अवधारणा ल्याएकी थिइन् । तर, कमजोर मार्केटिङ तथा एपमा सार्वजनिक गर्नुपूर्व नै युट्युबमा चलचित्र सार्वजनिक हुने भएकाले उनको एप चल्न नसकेको बताइन्छ ।

कमेन्ट गर्नुहोस्