
पछिल्लो चरणमा जिल्लामा कोभिड–१९ को संक्रमण घट्दै गएको छ ।
हालसम्म संक्रमित कूल ११४ मध्ये ९२ जना निको भई घर फर्किसकेका छन् ।
रोगबाट सुरक्षित रहन समय–समयमा स्वास्थ्यकर्मीले दिएको सुझाव अनुसार स्थानीय नागरिकले अपनाएको पूर्व सावधानीबाट दशैंपछि नयाँ बिरामीको संख्यामा शून्यता आएको जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत किरण श्रेष्ठले जानकारी दिए ।
हालसम्म १ हजार ५१४ जनाको स्वाब परीक्षण गराउने काम सम्पन्न गराइसकिएको बताइएको छ ।
साबुनपानीले हातधुने, मुखमा मास्क लगाउने र सामाजिक दूरी कायम गर्ने कामलाई निरन्तरता दिइराख्न र स्वास्थ्यमा कुनै लक्षण आउनासाथ नजिकको स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग तुरून्तै सम्पर्क राख्न रसुवालीसमक्ष आग्रह गरिएको अधिकृत श्रेष्ठले बताए ।