
नेपालीहरुको महान पर्व तिहार, छठ तथा नेपाल संवतको अवसरमा नेपाल टेलिकमले एसएमएस प्याकका साथै विभिन्न प्रकारका प्याकहरु उपलब्ध गराएको छ । दशैंको अवसरमा सार्वजनिक गरिएको अफर तिहार, छठ तथा नेपाल संवतको अवसरमा पनि निरन्तरता दिइएको हो ।
सामान्य अवस्थामा एउटा एसएमएस पठाउँदा ५० पैसा शुल्क लाग्ने गरेको छ । हाल टेलिकमले उपलब्ध गराइरहेको अटम अफर अन्तर्गतको एसएमएस प्याकमा तीन प्रकारका सहुलियत उपलब्ध रहेको टेलिकमले जनाएको छ । जसअनुसार रु. ५ मा २० वटा एसएमएस, रु. १५ मा ७० वटा एसएमएस र रु. ६० मा ३०० वटा एसएमएस प्राप्त गर्न सकिनेछ । यी प्याक क्रमशः १ दिन, ७ दिन र २८ दिनको समयावधिभित्र प्रयोग गर्न टेलिकमको भनाइ छ ।
।
नेपाल टेलिकमको पोस्टपेड प्रयोगकर्ताहरुले पोस्टपेडका विभिन्न प्याकमध्ये प्राइम, प्रिमियम, गोल्ड र डायमन्ड प्याक लिंदा एसएमएस, भ्वाइस र डाटा प्याकहरु समेत प्रयोग गर्न सकिनेछ। पोस्टपेड प्राइम प्याक लिई २ सयवटा एसएमएस, प्रिमियम प्याक खरिद गर्दा ५ सय वटा एसएमएस र गोल्ड तथा डायमन्ड प्याक खरिद गर्दा १ हजार वटा एसएमएस पठाउन सकिने सुविधा उपलब्ध रहेको टेलिकमले जनाएको छ ।
यस्तै कर्पोरेट कार्यालयका लागि उपलब्ध गराइएको कर्पोरेट युजर ग्रुप (सीयूजी) अन्तर्गत रहेर पनि सहुलियत दरमा एसएमएस पठाउन पनि टेलिकमले भनेको छ ।