१० असार २०८३, बुधबार

एक लाख नगदसहित ८ जुवाडे पक्राउ

कात्तिक २७, २०७७
एक लाख नगदसहित ८ जुवाडे पक्राउ

 जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ जुवाडे सहित एक लाख तीन हजार पाँच सय नगद बरामद गरेको छ ।  

वीरेन्द्रनगर वडा नं. तीनमा रहेको तिनतोली होटलको कोठा नम्बर १०८ मा कात्तिक २५ गते राती पौने एघार बजे प्रहरी निरीक्षक गोपाल रायमाझीको नेतृत्वमा गएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले वीनमा तीनका चक्रबहादुर शाही, जिवन शाही, तपेन्द्र शाही, नविन शाही, बजिर शाही, गणेश शाही, कटक शाही र भिमबहादुर शाहीलाई नियन्त्रणमा लिएको हो । प्रहरीले जुवाको खालबाट दुई गड्डी तास पनि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम डिएसपी राम प्रसाद घर्तीले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्