०२ साउन २०८३, शनिबार

फुडमाण्डुले १० औं वार्षिकोत्सव मनाउँदै

कात्तिक २७, २०७७
फुडमाण्डुले १० औं वार्षिकोत्सव मनाउँदै

सन् २०१० नोभेम्बर ११ मा नेपालको पहिलो फुड डेलिभरी कम्पनीको रुपमा स्थापना भएको कम्पनीले १० औं वार्षिकोत्सवको मनाइरहेको छ ।

आफ्नो १० औं बार्षिकोत्सव फरक ढंगले मनाउने योजना बनाएको फुडमाण्डुले नेपालका १० स्र्टाटअप कम्पनीहरु सँग १० दिन सम्म सहकार्य गर्ने जनाएको छ ।

सस्तो डील, यू.जी. बजार, टुटल, हेल्मेट्स नेपाल, किताब यात्रा, स्टुडियो सार्कास्टीक, कटन मील्स, खाली सिसी, ब्रज व्युटी तथा सजिलो मर्मत सेवा  जस्ता स्र्टाटअप कम्पनीहरु उक्त सहकार्यमा सहभागी हुनेछन् ।

जस अन्तर्गत अन्य व्यवसायमा संलग्न कम्पनीहरु मार्फत फूडमाण्डुको फुड डेलिभरी गराई ग्राहकलाई र्सप्राईज दिने योजना भएको कुरा कम्पनीका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले जानकारी गराए ।

त्यस्तै, खाने कुरा मात्र डेलिभरी गर्दै आएको फुडमाण्डुले सहकार्यमा संलग्न कम्पनीहरुका विभिन्न प्रकारका निश्चत सामानहरु पनि ग्राहकहरुले आफेनो प्लेटर्फम मार्फत अर्डर गर्न सक्ने व्यवस्था मिलाएको छ ।

यस प्रकारको कार्यले नेपाली स्र्टाटअपहरुबीच सहकार्यको विकास हुने साथै नेपाली ग्राहकहरुलाई स्थानीय कम्पनीहरुको बारेमा जानकारी अभिवृदी हुने पनि आशा लिएका छौ, कम्पनीका संस्थापक मनोहर अधिकारीले भने ।

कम्पनीले यस अवस पारेर यहि नोभेम्बर ११ देखि २१ तारिखसम्म अफर तथा सेवाहरुको घोषणा गरेको छ। जसअन्तरगत 25 भन्दा बढि रेष्टुरेन्टहरुबाट अधिकतम ५० प्रतिशतसम्मको छुट उपलब्ध गराएको छ ।

साथै एनआईसी एसिया बैंकका प्रयोगकर्ताहरुले क्रेडिट कार्ड वा डेबिट कार्डमार्फत भुक्तानी गर्दा अधिकतम २० प्रतिशत वा रु.५०० सम्म क्यास ब्याक दिनेछ ।

यसका साथै कम्पनीले फुडमाण्डू फ्रेश अफिशियल लोगो सार्बजनिक गरेको छ । फुडमाण्डु फ्रेशले फ्रेश ग्रोशरी डेलिभरी सेवाहरु नीना एण्ड हेगर, सब्जिल्याण्ड, गोल्डेन फ्रेश मार्टलगायतका ग्रोशरीबाट सिधै ग्राहकहरुको ढोकामा डेलिभरी गर्दै आएको छ। यसमा फ्रेश भेजिटेबल, फ्रोजन मिट, बेकरी आईटम र फलफुललगायतका ताजा उत्पादनहरु डेलिभरी गर्दै आइरहेको छ ।

यहि अवसरमा कम्पनीले नयाँ सेवा 'फूडमाण्डु गो' को पनि घोषणा गरेको छ । यो सेवा रेष्टुरेन्टहरुको लागि फुड डेलिभरी गर्न लजिष्टिक सपोर्टको रुपमा उपलब्ध हुनेछ । जस अन्तरगत आफ्नो रेष्टुरेन्टमा आएका अर्डरहरु डेलिभरी गर्न फुडमाण्डुको लजिस्टिक फ्लीटलाई प्रयोग गर्न सक्छन भन्छन फुडमाण्डुका ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न माली।

'फूडमाण्डु गो रेष्टुरेन्टहरुको व्यवसायलाई सपोर्ट गर्न र उनीहरुको सेवा बिस्तार गर्न उपयोगी हुनेगरि ल्याइएको छ,'ब्राण्ड मार्केटिङ्ग एण्ड सेल्स प्रमुख श्याम रत्न मालीले भने ।

नेपालको पहिलो र नेतृत्वदायी फुड डेलिभरी कम्पनी फुडमाण्डुले हाल दैनिक १,००० भन्दा बढि फुड डेलिभरी गर्दै आएको छ जसले नेपालमा २५० जना भन्दा बढिलाई प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी समेत प्रदान गरेको छ ।

कम्पनीले आगामी दिनमा आफ्नो सेवालाई थप स्थानहरुमा समेत बिस्तार गर्दै लाने उद्धेश्य लिएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्