२१ जेठ २०८३, बिहीबार

प्रस्तावित राजदूतको सुनुवाइ जारी, खतिवडालाई एमसीसीबारे प्रश्न

कात्तिक २७, २०७७
प्रस्तावित राजदूतको सुनुवाइ जारी, खतिवडालाई एमसीसीबारे प्रश्न

अमेरिका लागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतका लागि प्रस्तावित लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि प्रस्तावित निर्मलकुमार विश्वकर्माको संसदीय सुनुवाइ चलिरहेको छ ।

संसद सचिवालय सिंहदरबारमा जारी सुनुवाइमा शुरूमा अमेरिकाका लागि प्रस्तावित खतिवडासँग सांसदहरूले प्रश्न गरिरहेका छन् ।

समितिको बैठकमा आफ्ना कुरा राख्दै खतिवडाले नेपाल र अमेरिकाबीच भएका सन्धिसम्झौता कार्यान्वयन गर्ने बताए । उनीसँग सांसदहरूले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे प्रश्न गरिरहेका छन् ।

संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि उनीहरूलाई राजदूत नियुक्त गर्न राष्ट्रपतिलाई बाटो खुल्ने छ । सरकारले असोज १५ गते उनीहरूलाई राजदूत सिफारिश गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्