१० असार २०८३, बुधबार

छठमा सरकारी निर्देशन नमाने कारवाही गर्ने प्रशासनको निर्णय

कात्तिक २७, २०७७
छठमा सरकारी निर्देशन नमाने कारवाही गर्ने प्रशासनको निर्णय
फाइल फोटो

जिल्ला प्रशासन कार्यालय धनुषाले भीडभाड नगरी स्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गर्न तथा भौतिक दूरी कायम गरी छठ पर्व मनाउन सम्बन्धित सबैमा आग्रह गरेको छ ।

कोरोना भाइरस संक्रमणको जोखिमलाई दृष्टिगत गरी जिल्ला संकट व्यवस्थापन समिति र सुरक्षा समितिको बैठकको निर्णयानुसार सो आग्रह गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । उनका अनुसार समितिले संक्रमणको विद्यमान स्थितिमा तिहार, छठजस्ता पर्वमा देउसी भैलो तथा जुवा/तास नखेल्न समेत सबैमा आग्रह गरिएको छ ।

खोला नदी तथा पोखरीहरू भित्र नपसी छठ पर्व मनाउन बैठकबाट निर्णय गरिएको बताइएको छ । समितिद्वारा सो विपरीत गरे गराए व्यक्ति विशेषदेखि राजनीतिक, धार्मिक तथा सामाजिक संघ/संस्थाका पदाधिकारीलाई संक्रामक रोग ऐन–२०२० बमोजिम कारवाही गरिने पनि निर्णय गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्