
हप्ताको अन्तिम दिन बिहीवार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले उकालो लागेको छ ।
लगातार उकालो लागेको नेप्सेमा बिहीवार झण्डै ११ अंकको वृद्धि भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १०.८२ अंकले बृद्धि भई १ हजार ७१८.४९ मा पुगेको छ । सेन्सेटिभ परिसूचक ३.२७ विन्दुले उकालो लागेर ३३८.८९ मा पुगेको छ ।
कूल १९८ कम्पनीको १ करोड ३८ लाख ८९ हजार १८९ कित्ता शेयर ४ अर्ब ८२ करोड ६२ लाख ८६ हजार ५५१ मूल्यमा खरिद बिक्री भयो । नेप्से उकालो लागेर कारोबार रकमसमेत बृद्धि हुँदा त्यसले लगानीकर्तालाई समेत उत्साहित बनाएको छ ।
स्कटका अनुसार कारोबार भएका कूल १२ उपसमूहमध्ये बिहीवार ५ उपसमूहको शेयर उकालो लाग्दा ७ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ १०.२१, व्यापार १६४.७१, निर्जीवन बीमा ३९.१६, अन्य २८.३९ र सामूहिक लगानी कोष ०.०१ विन्दुले उकालो लागेको छ । होटल १८.४१, विकास बैंक ४.४७, वित्त ३.६५, उत्पादन ३०.८६, लघुवित्त १.७१ र जीवन बीमा २८.९२ विन्दुले ओरालो लागेको छ ।
कारोबारका आधारमा बिहीवार पनि पुनरबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको २८ करोड ५५ लाख ५ हजार ६६९ बराबरको कारोबार भयो । साल्ट टे«डिङ कर्पोरेसन २६ करोड ७ लाख ९१ हजार ६०९, प्रभू बैंक २० करोड ८२ लाख ६८ हजार ६१६, हिमालयन डिस्टिलरी १८ करोड ७६ लाख ८५ हजार ४९०, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी १६ करोड ३ लाख ७८ हजार ५३५, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर १५ करोड ९४ लाख ३६ हजार ३३८ र शिवम सिमेन्ट १३ करोड ६४ लाख ५४ हजार ३३९ रुपैयाँ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा बिहीवार विशाल बजार कम्पनी ९.९९, साल्ट टे«डिङ कर्पोरेसन ९.९९, नाडेप लघुवित्त ८.१६, राष्ट्रिय बीमा कम्पनी लिमिटेडको संस्थापक शेयरधनी ७.२५, सबैको लघुवित्त ६.२५, नेपाल दूरसञ्चार कम्पनी ५.१८ र सानिमा जनरल इन्स्योरेन्सका शेयरधनीले ४.०१ प्रतिशतले कमाए । यसैगरी, गणपति माइक्रोफाइनान्स ५.२३, पञ्चकन्या माई हाइड्रोपावर ३.९५, एनआईसी एशिया ग्रोथ फण्ड ३.६०, रैराङ हाइड्रोपावर ३.४४, एनआरएन इनफ्रास्ट्रकचर ३.२१ र आईसीएफसी फाइनान्सका लगानीकर्ताले ३.०१ प्रतिशतले गुमाए ।