१२ असार २०८३, शुक्रबार

जंगलमा बन्दुक फेला

कात्तिक २७, २०७७
जंगलमा बन्दुक फेला

कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ कुइयागडा चुरे भावर वन क्षेत्रबाट सशस्त्र प्रहरीले आज एक थान भरुवा बन्दुक बरामद गरेको छ । सशस्त्र प्रहरी  बल नेपाल नम्बर–३५ नं गण हेडक्वाटर शैलेश्वरी झलारीका सशस्त्र प्रहरी निरीक्षक इश्वरीदत्त भट्टको कमाण्डमा रहेको एरीया मोबाइल टोलीले भरुवा बन्दुक फेला पारेको हो ।

वन क्षेत्रमा बन्दुक पड्केको आवाज सुनिएपछि मोबाइल टोलीले चोरी शिकारीको आशंकामा खोजतलास गर्दा बन्दुक फेला पारेको सशस्त्र प्रहरीले जनाएको छ ।   बन्दुक पडकाउनेहरु भने भाग्न सफल भएका छन् ।
 
बन्दुक पड्काउनेहरु चोरी शिकारी गर्न वन क्षेत्रमा गएका व्यक्तिह हुनसक्ने बताइएको छ । बरामद बन्दुक जिल्ला प्रहरी कार्यालयमा बुझाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्