१० असार २०८३, बुधबार

पार्टी विवाद उत्कर्षमा पुगेका बेला बालुवाटारमा शुरू भयो नेकपा सचिवालय बैठक

कात्तिक २८, २०७७
पार्टी विवाद उत्कर्षमा पुगेका बेला बालुवाटारमा शुरू भयो नेकपा सचिवालय बैठक
फाइल फोटो

पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेको समयमा सरकारको नेतृत्व गरिरहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रवार अपराह्न शुरू बैठकमा सचिवालयका सबै ९ जना सदस्य उपस्थित छन् । 

कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका सचिवालयका बहुमत सदस्यले बैठक बोलाउन आग्रह गर्दै लिखित निवेदन दिएको ६ दिनपछि सचिवालय बैठक बसेको हो ।

पार्टीभित्रको विवाद समाधान र मुलुकका अगाडि देखापरेका समस्या समाधानका लागि छलफल गर्न भन्दै प्रचण्डसहितका सचिवालयका ५ जना नेताले शनिवार तत्काल सचिवालय बैठक बोलाउन प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी ओलीसँग लिखित आग्रह गरेका छन् । 

अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतले बैठक माग गरेका थिए । 

मन्त्रिपरिषद् विस्तार, राजदूतको सिफारिश लगायतका घटनापछि नेकपाभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । शुक्रवारको बैठक दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बोलाएका हुन् । औपचारिक बैठक नबोलाए आफूले कार्यकारी अधिकार प्रयोग गरेर बैठक बोलाउने चेतावनी प्रचण्डले दिएका थिए । 

त्यसरी बैठक बोलाए पार्टी विभाजनको बिन्दु हुने भन्दै ओलीले चेतावनी दिएका थिए । सचिवालय बैठकको पूर्वसन्ध्यामा ओलीले पार्टीभित्र गुटबन्दी गरेको आरोप प्रचण्डमाथि लगाएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्