११ असार २०८३, बिहीबार

ओबोर अवधारणामा हस्ताक्षर भएकोमा उपप्रमद्वारा खुसी व्यक्त

कात्तिक २०, २०७४
ओबोर अवधारणामा हस्ताक्षर भएकोमा उपप्रमद्वारा खुसी व्यक्त

काठमाडौँ, ३० वैशाख – उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले क्षेत्र तथा मार्ग अवधारणाको समझदारीपत्रमा हालै हस्ताक्षर भएकोमा खुसी व्यक्त गरेका छन् ।

उपप्रम महराले यसबाट नेपाललाई वैदेशिक लगानी, आपसी सहकार्य तथा पूर्वाधार निर्माणमा सहयोग पुग्ने धारणा पनि व्यक्त गरे ।

बेइजिङस्थित नेपाली दूतावासले हाल चीनको भ्रमणमा रहनुभएका उपप्रम महरा, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीको स्वागतमा आज आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

उनिहरूलाई स्वागत गर्दै चीनका लागि नेपालका राजदूत लीलामणि पौड्यालले नेपालले ओबोर अवधारणामा सहभागी हुनुको महत्वबारे प्रकाश पारे ।

सो अवसरमा नेपालका मित्र, चीनस्थित नेपाली समुदाय, व्यापारी वर्ग, वौद्विक वर्ग तथा पत्रकारको उपस्थिति थियो ।

उपप्रम महरा, मन्त्रीद्वय लेखक र कार्की आज बिहान बेइजिङ आइपुगेका हुन् ।
उहाँहरु क्षेत्र र मार्ग अवधारणा अन्तर्राष्ट्रिय सहयोग मञ्चको आइतबार र सोमबार हुने कार्यक्रममा भाग लिने सिलसिलामा यहाँ आइपुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्